काठमाडौँ, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ललिता निवास प्रकरणमा जोडिएका दुई पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धानका लागि किन पक्राउ नगरिएको भन्दै प्रश्न उठाएका छन् ।
आज बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ललिता निवास प्रकरणमा पूर्वसचिव शारदाप्रसाद त्रिताल आयोगले सो प्रकरणमा राजनीति र प्रशासनमा रहेका धेरै जना जोडिएको प्रस्ट देखाएको बताए ।
उनले भने, ‘म जिब्रो नचपाईकन भन्छु क्षमा गर्नुहोला । त्यो निर्णय प्रक्रियामा सामेल दुई पूर्व प्रधानमन्त्रीज्यूहरू तानिन सक्छन् भनेर उहाँले (त्रिताल आयोगले) भन्नुभएको छ । कर्मचारीहरू यहाँ धमाधम पक्राउ परिरहेका छन्, अनि निर्णयकर्ताहरू, निर्णय तहमा रहनुभएका राजनीतिज्ञहरूसम्म छानबिनसम्म पुगेको छैन । त्यसकारण यो विषयमा गम्भीर हुनुपर्ने देखिएको छ । यस्तो निर्णय गर्ने मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुहुने प्रधानमन्त्रीद्वयलाई छानबिन गर्नुपर्ने हो कि हैन ? प्रधानमन्त्री भएको आधारमा छानबिन नै नहुने त्यस्तो प्रावधान पो छ कि ? एकदम स्पष्ट रूपमा मैले यो कुरा राख्न चाहेँ ।’
तपाईको बिचार