राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ : चित्रबहादुर केसी

राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ : चित्रबहादुर केसी

711

काठमाडौँ, १९ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन् ।

आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभएर सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताए ।

उनले भने, “अहिलेको नेपालको स्थिति धेरै गम्भीर छ । यो राज्यसत्ता नै लुटपाटमा, भ्रष्टाचारमा लागिसकेपछि गर्नुहुन्छ के ? कसलाई थाहा छैन ? यहाँ कुन चाहिँ पार्टी हो ? कुन चाहिँ व्यक्ति हो ? भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेपछि त गाह्रो छ हामीलाई । तैपनि हामीले हरेस खानेकुरा भएन ।”

उनले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटो हुनुपर्ने पक्षमा आफू रहेको पनि बताए ।

तपाईको बिचार

सम्बन्धित खबर