काठमाडौँ, १९ साउन । दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ भने पुरिएर तीनजना अझै बेपत्ता छन् । सोही पहिरोमा परी तीनजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गौरीशंकर गाउँपालिका–७, टोपाटारमा पहिरोमा पुरिएर १५ महिने शिशुको मृत्यु, तीनजना बेपत्ता र तीन घाइते भएका हुन् । गौरीशंकर–८ बाट खसेको पहिरोले टोपाटारमा क्षति गरेको छ ।
घटना गए रातिको भएको र टेलिफोन सम्पर्कविच्छेद भएका कारण आफूहरूले बिहान मात्र सूचना पाएको प्रहरीले जनाएको छ । घाइते तीनजनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
तपाईको बिचार