माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

727

काठमाडौँ, १८ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ ।

प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । बुधबारदेखि सुरू भएको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका थिए । हिजो सो प्रतिवेदनमाथि १८ जना केन्द्रीय सदस्यहरूले धारणा तथा सल्लाह सुझाव राखे ।

हिजै अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा २४ ‍महिला सदस्य थप गरी ४०९ पुर्‍याउने गरी विधान संसोधनको प्रस्तावलाई बैठकले पारित गरिसकेको छ ।

बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरूले संगठनको आकार सानो बनाउने अध्यक्षको प्रतिवेदनमा भनिएको तर पहिलो दिन नै संख्या थप गरेर ४०९ सदस्यीय पुर्‍याइनु आफैंमा विरोधाभासपूर्ण रहेको बताएका थिए । केही केन्द्रीय सदस्यहरूले प्रचण्डको सचिवालयमा परिवारका सदस्य राखिएकोप्रति प्रश्न उठाएका थिए ।

हिजो धारणा राख्न नाम टिपाएका ७४ जनामध्य बाँकी रहेकाले आज बोल्नेछन् । प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न पाँच मिनेटको समय निर्धारण गरिएको छ । बैठक साउन २१ सम्म चल्नेछ ।

तपाईको बिचार

सम्बन्धित खबर