कोसीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

कोसीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

811

काठमाडौँ, १६ साउन । कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।

सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो । त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापाको सरकार नै ढलेका थियो ।

काठमाडौँमा रहेका गौतम उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन् । अब उनी नेकपा (माअ‍ोवादी केन्द्र)को संसदीय दलको सदस्य भएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर