काठमाडौँ, १३ साउन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनमा आज कांग्रेस उपसभापति समेत रहेका मन्त्री खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रूपमा अघि बढाउने स्पष्ट पारे । विकास निर्माणका ढिलासुस्तीदेखि पुँजीगत खर्च न्यून हुने अवस्था अन्त्यका लागि सरकारले कठोर कदम चाल्ने समेत तयारीमा रहेको उनले बताए। जनताले दैनिक सेवा लिने ठाउँलाई व्यवस्थित सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनु सरकारको उच्च प्राथमिकता रहेको उनले उल्लेख गरे।
उपप्रधानमन्त्री खड्काले भने, ‘सरकारले केही कामको सुरूआत गरेको छ, खासगरी भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा दृढताका साथ अघि बढ्दै सरकारले जनताले अनुभव गर्ने गरी काम गर्नेछ ।’
तपाईको बिचार