कान्ति बाल अस्पतालले ३० लाख क्षतिपूर्ति तिर्नु पर्ने सर्वोच्चको आदेश

कान्ति बाल अस्पतालले ३० लाख क्षतिपूर्ति तिर्नु पर्ने सर्वोच्चको आदेश

811

काठमाडौँ, १२ साउन । कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो । घाँटीमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुगेका ८ महिनाका बालक आलोक बराललाई गलत सुइ दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको हो ।

पीडित बालकका बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको ‘मेनेन्जाइटिस मलेरिया’को खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै मुद्दा हालेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर