काठमाडौँ, ९ साउन । नेकपा एमालेले संगठन विस्तारलाई चुस्त बनाउने अभियान अन्तरगत ६ वटा प्रदेश कमिटीको अधिवेशनको मिति तय गरेको छ ।
संगठनलाई गतिशिल बनाउने अभियान अन्तरगत वडा कमिटीदेखी प्रदेश कमिटी अधिवेशनहरु एमालेले तिव्र गतिमा गरिरहेको छ । जस अनुसार एमालेले ६ वटा प्रदेशको अधिवेशनको मिति तय गरेको छ भने एउटा प्रदेशको मिति तय गर्न बाँकी रहेको छ ।
मिति तय गरिएका प्रदेशहरुमा कोशी प्रदेशमा असोज१२ र १३ गते विराटनगर, मधेस प्रदेश असोज ५ र ६ जनकपुर, वागमती प्रदेश असोज ८ र ९, काठमाडौँ, लुम्बिनी प्रदेश भाद्र १६ र १७ वुटवल, कर्णाली प्रदेश भाद्र २९ र ३० सुर्खेत र सुदुर पश्चिम प्रदेश भाद्र २२ र २३ धनगढी हुने भएको छ भने गण्डकी प्रदेशको अधिवेशन मिति तय हुन बाँकी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
तपाईको बिचार