मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

  • Rajdhani Press २०८० श्रावाण ७ आइतबार ११:०६:००
691

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। आइतबार सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले त्यसलाई सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ।

व्यवसायी र आर्थिक क्षेत्रले अहिलेको सुस्त आर्थिक अवस्थालाई ख्याल गर्दै खुकुलो मौद्रिक नीति ल्याउन माग गर्दै आएका छन्। राष्ट्र बैंकले भने मौद्रिक नीतिमार्फत् केही क्षेत्रमा कडाइ गर्ने प्रयास गरिरहेको छ।

हाल ४ प्रतिशत रहेको वित्तीय संस्थाले केन्द्रीय बैंकमा राख्नुपर्ने अनिवार्य नगद अनुपात (सीआरआर)लाई यथावत् राख्ने तयारी गरेको छ। केन्द्रीय बैंकले घट्दो मुद्रास्फीति (मूल्यवृद्धि)लाई मध्यनजर गर्दै नीतिगत दरलगायत ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई घटाउने तयारी गरेको छ।

तपाईको बिचार