काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आइतबार बिहान क्यापिटल शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार आईपीओआ कुल १० लाख ४८ हजार ४ सय ६८ जनाको आवेदन परेको थियो। जसमध्ये १० लाख ४७ हजार ३ सय ५ को आवेदन स्वीकृत भएको थियो। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार १० हजार १ सय १४ जनाले १० कित्ता शेयर पाएका छन् भने १ जनाले ११ कित्ता शेयर पाएका छन्।
कम्पनीले असार २६ देखि असार २९ गतेसम्म सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
तपाईको बिचार