महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजिओको विसलिस्ट जस्तो : आरजु राणा

महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजिओको विसलिस्ट जस्तो : आरजु राणा

774

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो भएको बताएकी छन् ।

आरजुले महामन्त्रीको प्रतिवेदन भनेपछि राजनीतिक दस्तावेज आउला भन्‍ने ठानेकोमा त्यो केवल एनजीओको विसलिस्टजस्तो भएको बताएकी हुन् ।

उनले भनिन्, ‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्‍ने सोचेको थिएँ। त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो। कार्यक्रम धेरै गर्ने अनि त्यसको रिजल्टचाहीँ के त ? योभन्दा दुई तीनवटा उपलब्धिमुलक कार्यक्रम गरौं र त्यो परिणाममुखी बनाऔं ।’

उनले पार्टीले आफ्नो दिशा तय गर्नुपर्नेसमेत बताएकी छन्। राणाले थपिन्, ‘हामी सुशासनका लागि कति तयार छौं। म प्रधानमन्त्रीको धर्मपत्‍नी रहेर के रहेछ भनेर बुझ्दा हाम्रा पार्टीबाट मन्त्रीहरु हुने र उहाँहरुको सिक्दासिक्दै कार्यकाल सकिने देखिन्छ।’

तपाईको बिचार

सम्बन्धित खबर