त्रिभुवन विमानस्थलबाट सुन बरामद प्रकरणमा तीनजना पक्राउ

त्रिभुवन विमानस्थलबाट सुन बरामद प्रकरणमा तीनजना पक्राउ

748

काठमाडौँ, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनसँगै तीनजना पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीनजनालाई पक्राउ गरिएको हो । भन्सार पास भइसकेको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट गन्तव्यतिर लैजाने क्रममा बरामद भएको उनको भनाइ छ।  ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको उनले जानकारी दिए ।

हङकङदेखि क्याथे प्यासिफिक जहाजबाट उक्त सुन चारदिन अघि नै नेपाल आएको थियो । रेडी ट्रेडलिंक बूढानीलकण्ठको नाममा ल्याएको १६० वटा ब्रेकप्याड भित्र लुकाइएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको बताइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर