काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ । विधानअनुसार हरेक दुई/दुई महिनामा बैठक हुनुपर्ने भएपनि एक वर्षपछि मंगलबार बसेको हो ।
आज पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका छन् ।हरेक दुई/दुई महिनामा बैठक गर्ने भन्दै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका हुन् । उनले अगाडि भने, वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहहिर गर्ने प्रस्ताव छ ।’
त्यस्तै महामन्त्री थापाले हाल कायम रहेको २८ वटा विभागहरुमा केही थप गर्न गृहकार्य भइरहेको बताए । यसको प्रस्ताव बैठकमा आउने भन्दै उनले भने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ ।’ विभागहरुले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्नेछ । साथै हरेक ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ ।
तपाईको बिचार