जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

735

काठमाडौँ, ३१ असार । ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा पक्राउ पर्नेका सङ्ख्या ७ पुगेको छ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइ सहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए । सानुभाइ इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ कुमार श्रेष्ठ ‘घैटे’का सहयोगी थिए । पोखराबाट पछ्याएर थानकोट पुगेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । ओम्निया क्लबमा भएको झगडामा संलग्न आरोपमा पक्राउ पर्नेमा सानुभाइ सहित टोखा घर भएका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या–५ का कमल तामाङ छन् । सानुभाइ समूहका विनोद लामा र रघु लामालाई प्रहरीले घटना भएको दिन नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

क्लब सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका–१ घर भएका राजेन्द्र गुरुङले प्रहरी वृत्त सोह्रखुट्टेमा आरोपितहरू विरुद्ध किटानी जाहेरी दिएका छन् । पक्राउ परेकाहरू विरुद्ध ‘अभद्र व्यवहार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर