अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड आज नेपाल आउँदै

741

काठमाडौँ, २९ असार । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक कदका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै सहायक विदेशमन्त्री डोनाल्डले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेट गर्ने जनाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर