काठमाडौँ, २८ असार । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गरी नियन्त्रणका लागि पहिल गर्न माग गरेकी छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गर्न माग गरेकी हुन् ।
उनले भनिन्, ‘दाङ जिल्लामा डेंगु रोग छ । दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गरी डेंगु नियन्त्रण, रोकथामका उपाय र साधनका लागि कार्यक्रमहरु समावेश गर्न, सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’
राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरु बन्द गरी बिद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
तपाईको बिचार