अध्यक्ष ओलीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

अध्यक्ष ओलीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

727

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्-‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’

आज ८ बजेर ३३ मिनेट जाँदा सीता दाहालको निधन भएको हो । लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् ।

तपाईको बिचार

सम्बन्धित खबर