समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक बस्दै

759

काठमाडौँ, २७ असार । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ ।

बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो । मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन् । विप्लवबाहेक तीनैवटा सत्ता घटक पनि हुन् ।

समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ । त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । ‘हामीले साउन ७–८ पछाडि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, हाम्रो कार्यनीति, कार्यदिशाबारे जानकारी गराउन लागेका छौं, आज त्यसैको तयारी बैठक पनि हो, त्यसका अलाव अरू राजनीतिक विषयमा पनि छलफल हुन्छ,’ उनले भने ।

समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि बनाएको थियो । मोर्चाको कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप तयार पार्न गठन गरिएको कार्यदलले तयार पारेको दस्तावेजमाथि पनि आज छलफल हुने उनले बताए ।

मोर्चाको अघिल्लो बैठकले उनीहरूलाई कार्यादेश दिएको थियो । मोर्चाको अघिल्लो बैठकले आलोपालो अध्यक्षता गर्ने र नेतृत्व ६–६ महिनामा चक्रीय हिसाबले परिवर्तन हुने निर्णय गरेको थियो। मोर्चाको अहिलेको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर