नेपाली उत्पादनलाई ब्रान्डिङ गरी विश्वबजारमा पठाउनुपर्छ : उपसभामुख राना

नेपाली उत्पादनलाई ब्रान्डिङ गरी विश्वबजारमा पठाउनुपर्छ : उपसभामुख राना

749

काठमाडौँ, २६ असार । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरूलाई ब्रान्डिङ गरी विश्वबजारमा पुर्‍याउन आवश्यक रहेको बताएकी छन् ।

असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भई नेपाल फर्किएपछि आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरूलाई ब्रान्डिङ गरी विश्वबजारमा पठाउने गरेको बताइन् ।

उनले भनिन्, “त्यहाँको लोकल प्रोडक्टलाई बढी उहाँहरूले अर्गानिक चकलेटहरू बनाएर ब्रान्डिङ गरेर विश्वमा पुर्‍याएको देखियो । त्यहाँ हाम्रोजस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्रान्डिङ गरेर पठाउने रहेछ । हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्रान्डिङ गर्नुपर्छ जस्तो लागेको छ,” ।

तपाईको बिचार

सम्बन्धित खबर