म थोरै भावनामा आएँ : प्रधानमन्त्री प्रचण्ड

म थोरै भावनामा आएँ : प्रधानमन्त्री प्रचण्ड

915

काठमाडौँ, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भावनात्मक मान्छे रहेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा प्रचण्डले आफू भावनात्मक रहेकैले प्रितम सिंहको किताब विमोचन कार्यक्रममा बोलेको बताए ।

“म अलिकति भावनात्क छु । म थोरै भावनामा आएँ । मनमा आएँ भने,” प्रचण्डले भने । उनले आफूले प्रधानमन्त्रीमा रूपमा नभएर एक बुवाको रूपमा बोलेको बताए । तर, आफूले देशलाई हानि हुने गरी कुनै काम नगरेको उनको भनाइ छ ।

प्रितम सिंह कुनै राजनीतिक शक्ति नरहेको बताउँदै उनले आफ्नो पुत्री ज्ञानु दाहाल बिरामी हुँदा सहयोग गरेको बताए ।

तपाईको बिचार

सम्बन्धित खबर