नेपाली विशेषताको समाजवादबारे अध्ययन आवश्यक छः मन्त्री किराती

नेपाली विशेषताको समाजवादबारे अध्ययन आवश्यक छः मन्त्री किराती

659

काठमाडौँ, २५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको हुनुपर्ने बताएका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली समाज कस्तो हुने भन्नेकुरामा अध्ययन आवश्यक रहेको बताए ।

किरातीले नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्नेकुराको अध्ययन गर्न आवश्यक रहेको बताए ।

तपाईको बिचार

सम्बन्धित खबर