कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

785

काठमाडौँ, २० असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

बुधवार मध्यान्ह कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । आजको सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच भएको छलफलले भोलि बोलाइएको जिल्ला सभापतिको भेलाको एजेण्डा तय गरेका छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने बताए । कांग्रेसले करिब एक वर्षपछि बैठक बोलाएको छ ।

पराजुलीका अनुसार पार्टीको सांगठनिक काम कारबाही सम्बन्धी विभिन्न विषयमा कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल हुने भएको छ। उनले जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफल हुने बताए ।

तपाईको बिचार

सम्बन्धित खबर