६ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

६ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

720

काठमाडौँ, २० असार । सरकारले ६ वर्षे विकास ऋणपत्र २०८६ मार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बुधबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै विकास ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान गरेको हो ।

बैंकको सूचना अनुसार असार २२ गते बिक्री हुने ऋणपत्रका लागि असार २१ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ । ऋणपत्रको बोलकबोल शुक्रबार दिउँसो ३ बजे हुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर