प्रधानमन्त्री प्रचण्ड र सिके राउतबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सिके राउतबीच भेटवार्ता

127

काठमाडौँ, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सरकारलाई दिएको समर्थन कायम राख्ने या फिर्ता लिने भन्नेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता नलिन आग्रह गरेका थिए । उनले जनमतलाई सरकारमा समेट्ने आश्वासन दिएका छन् ।  आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा समेट्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन् ।

तपाईको बिचार