राष्ट्रपति पौडेल डिस्चार्ज

राष्ट्रपति पौडेल डिस्चार्ज

183

काठमाडौँ, १३ असार । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्र्तगत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल ११ दिनपछि डिस्चार्ज भएको हुन् ।

मुटुको धड्कनमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पौडेलको मुटुको अप्रेसन गरी पेसमेकर रखिएको छ । चिकित्सकहरूको निगरानीमा भएको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका कारण पौडेललाई डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर