ललितपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा महेश सिंह निर्वाचित

ललितपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा महेश सिंह निर्वाचित

1437

ललितपुर । ललितपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा पुन सर्वसम्मत महेश सिंह निर्वाचित भएका छन् । ललितपुर जिल्ला बक्सिङ संघको चौथो साधरण सभाबाट निर्वाचित अध्यक्ष सिंह बक्सिङ खेलका पुर्व लोकप्रीय राष्ट्रिय खेलाडी हुन् ।

अध्यक्षमा सर्वसम्मत निर्वाचित सिंह २०४३ सालमा आयोजित श्री पाँच विरेन्द्र विर विक्रम शाहाको जन्म उत्सवमा आयोजना हुने बर्थ डे कपका स्वर्ण पदक विजेता हुन् । उनले २० ४४ सालको जुनियर राष्ट्रिय च्याम्पियनसिपका समेत स्वर्ण पदक विजेता हुन ।

दोश्रो कार्यकालको लागि ललितपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा निर्वाचित सिंहले पहिलो कार्याकालमा सन् २०१९ मा अन्डर (१९ राष्ट्रिय बक्सिङ च्याम्पियनसीप प्रतियोगिता आयोजना गरेका थिए । सो समयमा आईबा वान स्टार रेफ्रीरजज शर्टिफिकेशन कोर्ष समेत सन्चालन भएको थियो । सो सायमा २१ जना प्रशिक्षार्थी सहभागी भएकोका १८ जना प्रशिक्षार्थी आईबा वानस्टारमा पास हुन सफल भएको थियो ।

ललितपुर जिल्ला बक्सिङसंघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सहभागी प्रशिक्षार्थी पुष्करराज पन्त हाल आईबा आईटीओ छन् भने धनकुमार मैनाली टु स्टार रेफ्रीरजज शर्टिफिकेशन कोर्ष उतिर्ण गर्न सफल समेत भएका छन् ।

अध्यक्षमा निर्वाचित सिंहको कार्यकालमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुको लागि ट्रयाक सुट बितरण, बक्सिङ ग्लोब्स वितरण, रिङ्ग ड्रेस वितरण जस्ता कार्यक्रमहरु गर्न सफल भएका थिए । चौथो साधरण सभाले अध्यक्ष मा पुनस् निर्वाचित गरेकोमा अझै गुणात्मक खेल विकास हुनेमा आशावादी रहेको सहभागी प्रतिनिधिले बताएका थिए ।

ललितपुर जिल्ला बक्सिङ संघको चौथो साधरण सभाको प्रमुख आतिथ्यतामा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिनोद महर्जन, विशेष अतिथिमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका बोर्ड सदस्य द्वय धनकुमार मैनाली र हिक्मत थपलिया, नेपाल बक्सिङ संघका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखु, प्रतिनिधि तथा केन्द्रीय सदस्य मान बहादुर भण्डारी, कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, काठमाडौं जिल्ला बक्सिङ संघका अध्यक्ष रमेश श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका उपाध्यक्ष सुमनकुमार केसी लगाएतको बक्सिङ प्रेमिमहानुभावहरुको उपस्थिति रहेको थियो ।

जिल्ला बक्सिङ संघका सदस्य पुष्कर राज पन्त को सन्चालन तथा संघका अध्यक्ष महेश सिंहको अध्यक्षतामा आयोजित चौथो साधरण सभाले अध्यक्षमा महेश सिंह उपाध्यक्षमा रामचन्द्र थापामगर र रत्न अवाले, सचिवमा श्यामकाजी अवाले, कोषाध्यक्षमा सुरेश न्याछ्यो, सदस्यहरुमा डा। सुमन नरसिंह राजभण्डारी, पुष्करराज पन्त, सुवर्ण सापकोटा, उमेश रिजाल, रिना महर्जन, विक्की महर्जन, बिनोद कुबर, कृष्ण महर्जन सर्वसम्मत निर्वाचित भएका छन् ।

तपाईको बिचार