इनारमा डुबेर दुईजनाको मृत्यु

इनारमा डुबेर दुईजनाको मृत्यु

174

काठमाडौँ, ११ असार । काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको हो ।

पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका हुन् । दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए । तर उनी ननिस्किएपछि गुरुङ इनारमा झरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

तपाईको बिचार