अब संयुक्त सरकार निर्माण गरौँ : बाबुराम भट्टराई

अब संयुक्त सरकार निर्माण गरौँ : बाबुराम भट्टराई

155

काठमाडौँ, ११ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन् ।

मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्नेमा जोड गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले नयाँ प्रस्ताव ल्याएका हुन् । भनेका छन्, ‘गत आम चुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्झन् उतारचढावपूर्ण (turbulent)बन्दै जानु देश र जनताको निम्ति हितकर छैन,’ ‘विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकाङ्क्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अङ्गहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् ।’ ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नु सट्टा यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भू राजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठिक होला कि? नत्र समयले कसैलाई नपर्खन सक्छ,’ ।

तपाईको बिचार