अरोरा परियोजनाको कन्सोर्टियम बैठक पोखरामा सम्पन्न

अरोरा परियोजनाको कन्सोर्टियम बैठक पोखरामा सम्पन्न

341

पोखरा, ९ असार । एसियाली समाजमा शैक्षिक पाठ्यक्रम मार्फत कट्टरपन्थ उन्मुलन तथा समनता प्रबद्र्धनका लागि विश्वविद्यालयहरुको सहयात्रा (अरोरा) परियोजनाको पाँचौ कन्सोर्टियम बैठक पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयको आयोजनामा सम्पन्न बैठकमा युरोप र एसियाका १२ वटा विश्वविद्यालयहरुले सहभागिता जनाएका थिए ।

पोखरा विश्वविद्यालयका उपकुलपतिप्रा. डा. प्रेमनारायण अर्यालले समुद्घाटन गर्नुभएको बैठकका विभिन्न सत्रमापोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. दिपकबहादुर भण्डारी, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. नमराज धामी, उपप्राध्यापकहरु डा. अर्जुन थापा, अनिता दाहाल र सुवास मल्लले आफ्नो भनाइहरु राख्नुभएको थियो ।

असार ५ गते शुरु भएको बैठकचार दिनसम्म चलेको थियो । बैठकले कट्टरपन्थ उन्मुलनका सन्दर्भमा विभिन्न विश्वविद्यालयहरुले तयार पारेको तालिम पाठ्यक्रमहरुको समिक्षा गरेको थियो । साथै पाठ्यक्रमहरुलाई डिजिटल प्रविधिबाट अगाडि लैजाने गरी कार्ययोजना तयार पारेको थियो ।

बैठकले सहयात्री विश्वविद्यालयहरुले बनाएको अरोरा क्लवहरुको संजालतयार पारी विद्यार्थीहरुलाई समेत अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने वातावरण बनाउने निर्णय गरेको परियोजनाका पोखरा विश्वविद्याल यव्यवस्थापक टेक बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

बैठकको क्रममा सहभागीहरुले पोखरा विश्वविद्यालयका पदाधिकारीहरुसँग बैठक समेत गरेका थिए । त्यसै गरी पोखरा विश्वविद्यालयमा स्थापना भएको अरोरा क्लवको भ्रमण गरी त्यसका गतिविधिहरुबारे जानकारी लिएका थिए । सहभागीहरुलाई अरोरा क्लवपोखरा विश्वविद्यालयका अध्यक्ष सुरजराज केशरी र उपाध्यक्ष गृष्मा अधिकारीले क्लवका गतिविधि र सिकाईबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

नेपाल, भारत, स्पेन, रोमानिया, चेक गणतन्त्र र आयरल्याण्डका विश्वविद्यालयका प्राध्यापकहरुकोे टोलीले पोखरा बसाईंका क्रममा फेवाताल, बेगनास ताल, पुम्दीकोट शिवमूर्ति, विश्वशान्ति स्तूपा, डेभिजफल्स, गुप्तेश्वर गुफा, सराङ्गकोट लगायतका स्थलहरुको भ्रमण समेत गरेका थिए ।

बैठकको समापन समारोहमा बोल्दै परियोजनाका अन्तर्राष्ट्रिय संयोजक वनस्थली विद्यापिठ भारतका डा. अजय सुरानाले बैठकका निश्कर्षहरुलाई लागु गर्न सबै विश्वविद्यालयहरुलाई अनुरोध गर्नुभयो । त्यसै गरी मालागा विश्वविद्यालय, स्पेनका जिसस देलगादोले बैठक सफल भएको र सकारात्मक विश्व निर्माणमा यसले थोरै भए पनि भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर