सात जना जुवाडे पक्राउ

सात जना जुवाडे पक्राउ

147

काठमाडौँ, ९ असार । काठमाडौँबाट सात जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-२६ ठमेल क्वाबहालस्थित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई काठमाडौँ महानगरपालिका-१६ नयाँबजार बस्ने ५० वर्षीय बुल बहादुर भण्डारीको ब्रिज स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूलाई नगद ८१ हजार ५ सय ६० रूपैयाँ  र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार