ओलीले चलखेल गर्दैछन् : अध्यक्ष नेपाल

ओलीले चलखेल गर्दैछन् : अध्यक्ष नेपाल

296

काठमाडौँ, ९ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन् ।

“ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने आजको पत्रिकामा पढ्नुभयो होला । केपी ओलीले काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छौँ भनिरहेको छ । सुन्नुभएको छ हैन ?,” उनले भने । उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर काँग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

तपाईको बिचार

सम्बन्धित खबर