काठमाडौँ, ७ असार । आज बजारमा सुननेचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाईको बिचार