काठमाडौँ, ६ असार । सहरी बिकास मन्त्रालय मातहतमा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा आयोजना प्रमुख हुनको लागि अनियमित तवरले चलखेल सुरु भएको छ ।
सामान्यत उक्त कार्यलयमा नेपाल सरकारको सहसचिव स्तरको कर्मचारी आयोजना प्रमुख हुने प्रचलन र कानुनी ब्यबस्था रहेको छ । तर यो पटक उपसचिव सुबास बस्नेतले नेपाली काङ्ग्रेसका उच्च तहका नेताहरुलाई आर्थिक प्रलोभनमा पारी कामु आयोजना प्रमुख भएर जाने अन्तिम तयारीमा रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यस कार्यमा काङ्ग्रेस सभापति शेर बहादुर देउबा पत्नी आर्जु राणा र सहरी विकास मन्त्री सीता गुरुङले सहयोग पुर्याएको निज सुबास बस्नेतले नै बताउँदै आएको कुरा उनी निकट स्रोतबाट थाहा हुन आएको छ ।
सुबास बस्नेत यस अगाडी अख्तियारले निलम्बन भई पुनः जागरिमा जोडिएका ब्यक्ती हुन् । यस अगाडी पनि उक्त अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिमा विभिन्न शक्ति केन्द्रको दबाबमा सुबास बस्नेत कामु आयोजना प्रमुख भइ सकेका ब्यक्ती हुन् । उक्त समयमा पनि बिबादित भएर छोटो समयमा नै हटेका बस्नेत पुन उक्त कार्यालयमा जान लोभ लालचमा पार्दै हिडेको उनी निकटस्तहरुले बताउँदै आएका छन् ।
नाम नबताउने सर्तमा उनी निकट एक कर्मचारीले निज सुबास बस्नेतको भनाइ उदृत गर्दै भने, ‘काठमाडौँमा भएका दुई वटा घर मध्ये एउटा घर बेचेर भए पनि सम्पूर्ण सहसचिवलाई पछि पार्दै भए पनि म त्यो आयोजनामा आउँछु ।’ यस कुराले पनि उनले ठूलो आर्थिक चलखेल भएको भन्ने कुरा समेत प्रष्ट हुन आउँछ । निजामती सेवा ऐनले पनि एउटै ब्यक्ती पटक पटक एउटै कार्यालयमा कामु भएर जाने कुरालाई निशेध गरेको छ । उक्त ऐनको दफा १३ अनुसार एउटै ब्यक्ती पटक पटक एउटै कार्यलयमा कामु बनाएमा त्यस्तो कामु दिने ब्यक्तिले नै सम्पूर्ण तलब भत्ता दिनु पर्ने स्पष्ट ब्यवस्था गरेको छ ।
मन्त्रालयमा प्रसस्त सहसचिवहरु भईरहेको अवस्थामा उपसचिवलाई पटक पटक कामु दिनु कानुन कै बर्खिलाप हुने र यस्तो कार्यले भ्रष्टाचार भएको कुरालाई स्थापित गर्ने हुँदा अन्तिम समयमा भए पनि यस्तो कार्य रोक्नु नै सहरी विकास मन्त्रालयको हितमा हुने जानकारहरुले बताएका छन् ।
तपाईको बिचार