नेप्से परिसूचक २६.५६ अंकले घटेर बन्द

नेप्से परिसूचक २६.५६ अंकले घटेर बन्द

176

काठमाडौँ, ५ असार । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज २६.५६ अंकले घटेको छ ।

आजको कारोबार अवधिमा नेप्से परिसूचले २१ सय विन्दु पार गरेको थियो । तर, बजार बन्द हुने समयसम्म आइपुग्दा बजार घटेर २०६४.८३ विन्दुमा बन्द भएको छ । लगातार बढेको बजारबाट नाफा बुक गर्ने सक्रिय हुँदा बजारमा चाप परेको हुन सक्ने जानकार बताउँछन् ।

आज कारोबारमा आएका १३ वटा लगानी, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ । यस समूहको परिसूचक ३.७ प्रतिशतले घटेको छ ।

आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २६८ धितोपत्रको एक करोड ७ लाख ९२ हजार ७४२ कित्ता खरिद–बिक्री भएको छ ।आज सिटी होटलको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बीपीडब्लू लघुवित्त वित्तीय संस्था र इङवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा)को सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको २० करोड ५७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १९ करोड ४४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

तपाईको बिचार