६ जना जुवाडे पक्राउ

६ जना जुवाडे पक्राउ

205

काठमाडौँ, ५ असार । काठमाडौँबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महानगरपालिका-१४ कलङ्की बस्ने कान्छी माया तामाङको टहरामा जुवा तास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई सोमबार राति पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको बिचार