काठमाडौँ, ३२ जेठ । काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको कान्तिपुर हिसान एडुकेयर/शैक्षिक मेलामा हस्तक्षेप गरेको छ । मेला आजदेखि नै बन्द भएको महानगरपालिकाको दावी रहेको छ ।
महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको छ । नतिजा आउनु अगाडि नै मेला आयोजना गर्नु अनधिकृत भएकोले स्टल हटाएको महानगरको दाबी छ।
कान्तिपुर पब्लिकेसनसमेत आयोजक रहेको मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका छन् । मेला ३ असारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
तपाईको बिचार