सिँढीबाट लडेर २९ वर्षकी अभिनेत्रीको निधन

सिँढीबाट लडेर २९ वर्षकी अभिनेत्रीको निधन

181

काठमाडौँ, ३० जेठ । कोरियाली अभिनेत्री पार्क सू युनको सिँढीबाट लडेर निधन भएको छ ।

उनी २९ वर्षकी थिइन् । लडेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरे ।

उनकी आमाले कोरियाली मिडियासँगको कुराकानीमा छोरीको मुटु धड्किरहेको भए पनि उनको दिमागले प्रतिक्रिया नदिइरहेको बताइन् । विभिन्न प्रयास विफल भएपछि अन्ततः उनलाई मृत घोषित गरिएको हो । उनको परिवारले अभिनेत्री छोरीको अंगदान गर्ने निर्णय गरेको छ ।

तपाईको बिचार