सिंगापुर जाँदै सभापति देउवा

सिंगापुर जाँदै सभापति देउवा

167

काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गर्दैछन् ।

उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन् । सभापति देउवा पेटसम्बन्धी समस्याको नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जानकारी दियो । केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् ।

उनी २/२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ । पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका देउवा करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ ।

तपाईको बिचार