काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसङ्ग उठाउँदै भ्रष्टहरुलाई देशवाट नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन् ।
शनिवार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्ट्राचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए ।
सभापति लामिछानेले भने, ‘हामीमाथि जतिसुकै घेराबन्दी हुन् । जतिसुकै मुद्दा चल्दै गरुन् । भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्ट्राचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।’
‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नुपर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलब छैन’ उनले भने, ‘किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइनन् ।
तपाईको बिचार