देश अरु कसैले चलाइरहेको छ, प्रचण्ड, ओली र देउवा त पात्र मात्र हुन : पूर्वसभामुख महरा

देश अरु कसैले चलाइरहेको छ, प्रचण्ड, ओली र देउवा त पात्र मात्र हुन : पूर्वसभामुख महरा

631

नवलपरासी । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता नेपालीले नभएर अरु कसैलेु संचालन गरिरहेको दाबी गर्नु भएको छ  ।

महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताउनु भयो । नेता महराले भनेका छन्, देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।

तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा गर्नु भएको थिएनन् । हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो, महराले भन्नु भयो  ।

महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने बताउनु भयो। अझै पनि प्रतिगामीहरु टाउको उठाउन खोज्दैछन्, यसलाई निस्तेज गर्नुपर्छ, महराले भन्नु भयो ।

तपाईको बिचार