सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण योगदान : सचिव डा. रेग्मी

सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण योगदान : सचिव डा. रेग्मी

675

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएकाले मानव विकास सूचाङ्कमा सुधार ल्याउन पनि सहकारीको योगदान हुने धारणा राख्नुभयो ।

डा रेग्मीले भन्नुभयो, “सहकारी क्षेत्रले नेतृत्व विकास, स्वरोजगार, उद्यमशीलतामा विशेष योगदान गरेको छ, सहकारीको माध्यबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन सकिनेछ ।” केही सहकारीमा समस्या आउँदा सिङ्गो सहकारी बदनाम बन्न पुगेको उल्लेख गर्दै उहाँले सुरक्षित अवतरणका लागि सबैको सहयोग र योगदानको खाँचो औँल्याउनुभयो ।

तपाईको बिचार