जाजरकोट भूकम्पमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए
काठमाडौँ, ११ मंसिर । गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटका १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका छन् ।...