घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

781

काठमाडौँ, ११ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार