सर्पले टोकेर एक महिलाको मृत्यु

सर्पले टोकेर एक महिलाको मृत्यु

762

काठमाडौँ, ४ असोज । सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको हो ।

असोज ३ मा सर्पले टोकेपछि उनलाई दुधौली स्थित सर्पदंश अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दायाँ हातको औँलामा सर्पले टोकेको प्रहरीले जनाएको छ ।

परिवारले शव जिम्मा लिएर दाहसंस्कार गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर