शिक्षकहरुको आन्दोलनप्रति एमालेको समर्थन

शिक्षकहरुको आन्दोलनप्रति एमालेको समर्थन

1546

काठमाडौँ, ३ असोज । संसदमा दर्ता भएको शिक्षा विधयेक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षा प्रति नागरिकको भरोसा, बिश्वस्नियता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको देखिएको भन्दै एमालेले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

नेकपा एमाले प्रतिनिधिसभाका सचेतक महेश बर्तौलाले आन्दोलनप्रति समर्थन र ऐक्यद्धता रहेको बताउनुभएको छ । सचेतक बर्तौलाले नेपाल शिक्षक महासंघले उठाएका मागहरुलाई बिधयेकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्ने धारणा राख्नुभयो । विधेयकको अंग बनाएर सरकारले आज नै प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग गर्दै उहाँहरुले उठाउनुभएको संविधानसँग जोडिएका कतिपय बिसयबस्तुहरुले भने थप छलफल र बहसको आवस्यकता महशुस गरेको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, “शिक्षकहरुको आन्दोलनप्रति समर्थन र ऎक्यवद्धता” । संसदमा दर्ता भएको शिक्षा विधयेक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षा प्रति नागरिकको भरोसा, बिश्वस्नियता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको देखिन्छ । एउटा सांसद हुँदाको नाताले विधयेक भित्र बसेर उपयुक्त कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुने र भुमिका निर्वाह गर्ने विषय त बाँकी छदैछ तर पनि नेपाल शिक्षक महासंघले उठाएका मागहरुलाई बिधयेकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्दछ र त्यसको लागी सरकारले आज नै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ भन्ने माग पनि गर्न चाहन्छु । उहाँहरुले उठाउनुभएको संविधानसँग जोडिएका कतिपय विषयवस्तुहरुले भने थप छलफल र बहसको आवश्यकता महशुस गरेको छ तर निजामती सेवामा जस्तै शिक्षक सेवामा पनि समान सेवा सुबिधाको व्यवस्था हुनुपर्ने, शिक्षकले पाउने उपचार खर्चलाई निरन्तरता दिनुपर्ने, शिक्षकलाई वर्षमा कम्तिमा एक पटक शैक्षिक अवलोकन भ्रमणको ब्यवस्था हुनुपर्ने, योग्यता बढाउन शिक्षकहरुलाई अध्ययन बिदाको सुबिधा हुनुपर्ने, शिक्षकहरुलाई सरकारी मर्यादाक्रममा समाबेश गरिनुपर्ने, शिक्षकहरुको लागि अलग्गै शिक्षक अस्पतालको स्थापना हुनुपर्ने, शिक्षकको योग्यता आधारभूत र माध्यमिकका लागि क्रमश: स्नातक र स्नातकोत्तर तोक्ने हो भने आधारभूत तृतीयलाई अधिकृत र माध्यमिक तृतीयलाई उपसचिव समान सेवा सुबिधा हुनुपर्ने, स्थायी शिक्षकलाई नियमित रूपमा तह रश्रेणी बढुवाको सुनिश्चितता गरिनुपर्ने, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवाको लागि प्रत्येक तह र श्रेणीमा ५ वर्षे सेवा अवधी तोक्नु पर्ने, विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई कम्तीमा १ पटकको लागि खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी हुने अवसर प्रदान गर्नुपर्ने र उपदानको व्यवस्था हुनुपर्ने लगायतका नेपाल शिक्षक महासंघको मागहरू उपयुक्त, जायज र न्याय संगत छन् । यी मागहरूले शिक्षकहरुको मात्रै हित गर्दैन यसले त समग्र सार्वजनिक शिक्षा कै उज्यालो भविस्यका लागि नयाँ आयाम निर्माण गर्ने छ । त्यसैले नेपाल शिक्षक महासंघको आन्दोलन र उहाँद्वारा उठाइएका मागहरु प्रति समर्थन त एक्यवद्धता रहेको छ ।

बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो । शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो । अहिले शिक्षकहरू मार्चपास गर्दै बानेश्वर पुगेका छन् । अहिले लगभग ४ हजार बढी शिक्षकहरू सहभागी भएको बताइएको छ । देशभरबाट लगभग १५ हजार बढी शिक्षकहरू आउने अनुमान गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर