काठमाडौँमा एकै परिवारका तीनसहित चारजनाको हत्या

काठमाडौँमा एकै परिवारका तीनसहित चारजनाको हत्या

711

काठमाडौँ, ३० भदौकाठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ ।

प्रहरीका अनुसार गएराति ११ : ५५ बजे गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको छ ।   हत्या हुनेमा दुई पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ । 


मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा ७५ वर्षीया शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको छ ।

कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेको प्रहरीले बताएको छ । धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनापछि भागेका उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

तपाईको बिचार

सम्बन्धित खबर