समाजवादी मोर्चाले हेटौँडामा ‘सन्देश सभा’ गर्दै

समाजवादी मोर्चाले हेटौँडामा ‘सन्देश सभा’ गर्दै

791

हेटौँडा, २४ भदौ । समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्ने भएको छ ।

७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सन्देश सभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुने छ । कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

तपाईको बिचार