चार जिल्लाका सिडिओ हेरफेर : १० उपसचिवको सरुवा

चार जिल्लाका सिडिओ हेरफेर : १० उपसचिवको सरुवा

889

काठमाडौँ, २२ भदौ । गृह मन्त्रालयले १० उपसचिवको सरुवा गरेको छ ।

सरुवामा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । उपसचिव चेतराज बराललाई ओखलढुंगा, अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सिडिओमा खटाइएको छ ।

ओखलढुंगामा सिडिओमा कार्यरत प्रदर्शनी कुमारी र डडेल्धुराका विश्वराज न्यौपानेलाई गृह मन्त्रालय तथा मुस्ताङका अनुप केसीलाई रौतहटको सहायक सिडिओमा सरुवा गरिएको छ । त्यस्तै, उपसचिव झरेन्द्र चापागाईलाई मकवानपुरको सहायक सिडिओ, नेत्रप्रसाद आचार्यलाई इप्रका चन्द्रनिगाहपुर, ज्ञाननाथ ढकाललाई इप्रका फर्पिङमा सरुवा भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर