झापामा भारी वर्षा, सतर्क रहन आग्रह

झापामा भारी वर्षा, सतर्क रहन आग्रह

715

झापा, २२ भदौ । झापामा आज बिहान भारी वर्षा भएको छ ।

बिहान साढे ४ बजेदेखि एक घण्टा शनिश्चरे, चन्द्रगढी, कन्काई, अनारमनी आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेची विरिङ, निन्दालगायत साना खोलामा आकस्मिक बाढी तथा होचा भू–भागमा डुवान हुनसक्ने भएकाले बिहान अबेरसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर