नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

735

काठमाडौँ, १८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

आज कतार, पेरु र कम्बोडियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । कतारका आवासीय र पेरु र कम्बोडियाका गैरआवासीय राजदूत हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी समेतको उपस्थिति थियो ।

तपाईको बिचार

सम्बन्धित खबर